२७ वटा निवेदनमा ४ वटाको मात्र समस्या समाधान
डिल्लीबहादुर खत्री
रुकुम ११, माघ : जनयुद्धकालिन जनसत्ता घरजग्गा रजिष्ट्रेशन समस्या शान्ति प्रकृयाको लामो समयसम्म मात्र नभएर स्थानीय तहको निर्बाचन पछि पनि पुर्ण रुपमा समाधान हुन सकिरहेको छैन । पश्चिम रुकुम चौरजहारी नगरपालिकाको स्थानीय चुनावपछिको प्रथम नगरसभा असार ३० गते सम्पन्न भयो । नगरसभाबाट ठगी तथा डकैती गर्नेलाई सार्वजनिक सेवा सुविधा नदिने नीति तथा कार्यक्रम पास भयो ।

जस अन्र्तगत तत्कालीन नेकपा माओवादीले चलाएको जनसत्ताका क्रममा रजिष्ट्रेशन पास गरेका घरजग्गा अहिलेसम्म पास नदिनेलाई प्रक्रियामा ल्याई जनसत्ताअनुसार पास गर्र्न नगरेमा नगरपालिकाबाट दिने सेवा सुविधा रोक्का गर्ने भनिएको थियो । यस निर्णयले केहि समय निकै चर्चा पनि पायो । जसअनुसार भदौ भित्र त्यस्ता निवेदनहरु संकलन गरिसक्ने र असोजदेखि प्रक्रिया अथवा कारबाही थाल्ने भनिएको थियो । तर नगरपालिकाले निर्णय भनेअनुसारको काम समयमै गर्न नसकेको जनसत्तामा रजिष्ट्रेशनमा पास गरेकाहरु बताउछन । ‘सुरुमा जनसत्तामा पास लिएका घरजग्गा पुनः कार्यन्वयन गर्ने असाध्यै खुसी थियौं तर नगरपालिकाले भने अनुसार निवेदन दिएको ४ महिना बितिसक्दा पनि छलफल सम्म हुन नसक्दा अब आशा फेरी मर्न थाल्यो, वडा न. १२ काका स्थानीय लिले खत्रीले भने, ‘रुकुममा तत्कालीन जनसत्ता चलाएकाहरुले नै जितेका थिए, जनसत्तामा पास गरेको घरजग्गा कार्यन्वयन गर्ने निर्णय पनि गरिरहेका थिए तर उक्त निर्णय अहिलेसम्म कार्यन्वयन हुन् नसक्दा जति जोगि आए पनि कानै चिरिएका भनेजस्तै भएको छ ।

फरक पटक चर्चामा आउने तर लामो समयसम्म पनि कार्यन्वयन हुन नसकेको माओवादी जनयुद्धको क्रममा भएका जनसत्तामा घरजग्गा रजिष्ट्रेशन पास समस्या स्थानीय निर्वाचन भएको ८ महिनासम्म पनि प्रभावकारी काम नहुनु दुखत कुरो भएको अर्का स्थानीय बुद्धिप्रसाद जैसि गुणासो गर्छन । उता चौरजहारी नगरपालिका नगर प्रमुख विशाल शर्माले जनसत्ता क्रममा भएका दर्ताको बिषयमा आफु ठगिएको कसैले निवेदन दिएमा पहिलोपटक दुबै पक्षलाई राखेर मिलाउने र मिल्न नसकेमा प्रक्रियागत रुपमा ठगि गरेकालाई नगरपालिकाबाट दिने सम्पुर्ण सेवा सुविधा राख्ने निर्णय यथावत र कार्यन्वयमा नै रहेको दाबी गरे । उनका अनुसार अहिले नगरपालिकामा २७ वटा निवेदन छन् जसमा जनसत्तामा रजिष्ट्रेषण पास गरेका ४ वटा निवेदनको छलफल भई जनसत्ता अनुसार नै पास भइसकेको छ । ‘हामीले गाउँ गाउँमा पुगेर कसको अवस्था कस्तो छ, हामी जानकार छौं तर पिडितले निवेदन नदिउन्जेल हामी केही गर्न सक्दैनौं’ उनले भने, ‘निवेदन दिने बित्तिकै प्रक्रिया अगाडि बढाउँछौँ र नगरपालिकामा रहेका अधिकांश निवेदन पनि अहिले प्रक्रियामा रहेका छन् ।’

 

उनका अनुसार जनसत्तामा रजिष्टे्रशण पास गरेका कतिपयले आपसी मेलमिलापमा मालपोतमा लिइसकेको, केही अहिलेसम्म बहस गरिएको छैन् भने केही रजिष्ट्रेशन पास भने फेरि उल्ट्याइएको छ । अब पिडकको निवेदन अनुसार दुबै पक्षलाई बोलाउने, मेलमिलाप गराउने प्रयास गर्ने नभए एकपटक पास दिई अहिले पास नदिएर ठगि गर्नेलाई नीति तथा कार्यक्रम अन्तरगत नगरपालिकाबाट दिने सम्पुर्ण सेवा सुविधा रोख्ने नगर प्रमुख शर्माको भनाइ छ । कतिपय अदालतले एकलौटी फैसला गरेका मुद्दा पनि त्यस्तालाई पनि पिडिकले न्याय पाएको रहेनछ भने ठगि नगरपालिकाले प्रकृया पु¥याएर पुनः पनि केहि सोच्न सक्ने उनको भनाई रहेको छ ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto