परिचन्द्र खत्री
रुकुम १०, माघ : रुकुम पुर्ब भुमे गाउपालिका अमुता बुढाकी आमा पौष ३० गते रुख बाट लडिन । उनलाई उपचारको लागि स्थानीय मेडिकलमा लगियो तर डाक्टरले यहाँ संभव नहुने हुदै सदरमुकाम मुसिकोट लिन सल्लाह दिए । तर एम्बुलेन्सका लागि उनले धेरै सम्पर्क गरे पाउन सकेनन् एम्बुलेन्स नपाए पछि एउटा जीप ५ हजारमा रिजर्ब गरेर खलंगा ल्याए । ‘यो नगरेसम्म आमाको उपचार संभव हुने भएन, कतैपनि एम्बुलेन्स नपाए पनि जीप पनि धौंधौं हारगुहार गरेर रिजर्ब गरेर ल्याउनु प¥यो’ उनले भने । यो समस्या उनको मात्र होईन हरेक रुकुमेलीको साझा समस्या बनेको छ ।
रुकुम जिल्ला अहिले एम्बुलेन्स बिहिन भएको छ । त्यस्तै समस्या सुनाउछिन रिता रणाना । आफ्नो बुहारिको गर्भवति चेकजाँच गराउन जिल्ला अस्पताल आउन एम्बुलेन्स नपाउदा बिहानै त्रिबेणि गाउपालिका हिडेर अस्पतालमा आउनु प¥यो । ‘गर्भवतिलाई सार्बजनिक गाडिमा ल्याउन पनि गाह्रो हुने भयो, एम्बुलेन्स पनि जिल्लामा छैन भन्ने कुरा आयो त्यसकारण बरु बिहानै हिडेर गाउँबाट सल्ले अस्पतालमा आएर चेक गराईयो’ राणाले भनिन, ‘कि हिडेर, कि डाकोमा र कि जीप रिजर्ब गर्नुबाहेक अरु के नै बिकल्प छर ? ।’ यसरि जिल्लामा एउटा पनि एम्बुलेन्स नहुँदा बिरामी ओसारपसारमा समस्या देखिएको छ । एम्बुलेन्स नहुँदा गाउँबाट बिरामीलाई जिल्ला अस्पताल तथा जिल्ला अस्पतालबाट रिफर गरिएका बिरामीलाई रिफर गरिएको ठाउँ सम्म लैजान समस्या भएको छ । रुकुम पश्चिममा यसअघि जिल्ला अस्पताल र नेपाल रेडक्रस सोसाईटीको गरी दुई ओटा एम्बुलेन्स थिए । तर यतिबेला भने उक्त दुवै एम्बुलेन्स बिग्रिएर थन्किएपछि यस्तो समस्या सृजना भएको हो ।
बिग्रिएको लामो समयसम्म पनि एम्बुलेन्सको मर्मत तथा नयाँ एम्बुलेन्सको व्यवस्था नहुँदा बिरामीहरु सास्ती भोग्न बाध्य भएका हुन । यस बिषयमा जिल्ला अस्पताल सल्ले रुकुमका प्रमुख डा. सबिन पोख्रेलले जिल्लामा भएको एम्बुलेन्स बिग्रिएकोले यस्तो समस्या भएको स्वीकार्दै अब छिटै मुसिकाट नगरपालिकाले नया एम्बुलेन्स ल्याउने प्रकृया थालिसकेका कारण त्यतिबेला सम्म समस्या दोहरिने प्रतिक्रिया दिए । उनका अनससार जिल्लाका बाफिकोट गाउपालिका र चौरजाहारि नगरपालिकाले पनि छिटै एम्बुलेन्स खरिदको प्रक्रियामा रहेकाले छिटै यसको समस्या समाधान हुने छ ।