मनिषा राई
रोल्पा १०, माघ : रोल्पाको उत्तरी भेगमा हिमपात भएको छ । जलजला पहाड आसपासका क्षेत्रमा हिमपात भएको हो । पुर्वी रोल्पाको सुनछहरी गाउपालिकाको सुनछहरी गाउपालिकाको सेरमको तिलाचन तारेधुरी, रौनेधुरी, जैमाकसलाको बजुधुरी, गामको माथिल्लो भेग तिर हिउँ परेको छ । चिसोका कारण जनजीवन प्रभाबित भएको छ । एक्कासी बढेको चिसोका कारण वृद्धवृद्धा, बालबालिका तथा गरिखाने वर्ग बढी प्रभावित हुने भएकाले सचेत रहन जिल्ला अस्पताल रोल्पाले सुझाव दिएको छ ।
चिसोका कारण निमोनिया, रुघाखोकी, ज्वरो जस्ता समस्याहरु आउने हुदा सबैमा स्वास्थको ख्याल गर्न जिल्ला स्वास्थ्य कार्यालय रोल्पाले आग्रह गरेको छ । चिसोको समयमा खानपिनमा पनि बिशेष ध्यान लामो समयसम्म बाहिर ननिस्कन, तातो तातो कपडा लगाउन र झोलिलो पदार्थ प्रशस्त पिउन पनि सबैमा आग्रह गरीएको जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका सिनियर अहेव कुल वहादुर डागीले आग्रह गरे । माडी गाउपालिका १ ओट हावाहुरी संगै परेको पानीले बिजुलीको पोल समेत ढल्दा बिद्युत अवरुद्ध भएको स्थानीय बिर बिक्रम पुनमगरले जानकारी दिए । यसैबिच लामो समयसम्म वर्षा नहुँदा हिउँदे बाली बिग्रने चिन्तामा परेका रोल्पाका किसानलाई भने गए रातीको पानीले धेरै राहत पुर्याएको छ । पानी र बाक्लो हिउँले बालीनालीमा हरितपन साथै गाउँघर सेताम्य बनेपछि किसानहरु बालिनाली सप्रिने आशले खुसी भएका छन् ।