परिचन्द्र खत्री
खलंगा
रुकुम जिल्लामा सिटिभिटिबाट सम्वन्ध नलिएर संचालमा आएका कलेजको बिरुद्ध गर्दै आएको आन्दोलनको चौधौं दिन आज मुसिकोटमा लाठि जुलुस निकालिएको छ । अबैध संस्थाहरुको बिरुद्धमा सरोकारवाला निकायहरुलाई जानकारी गराउन लाठि जुलुस निकालिएको हो । पौष २५ गते बाट सुरु भएको दबाब मुलक कार्यक्रमको अगुवाइ नेकपा निकट अखिल क्रन्तिकारीलेले गरेको छ ।
सेरिगाउबाट सुरु भएको जुलुस बजार परिक्रमा पछि कालिका मन्दिरमा गएर कोण सभामा परिणत भएको थियो । कोण सभालाइ सम्वोधन गर्दै नेकपा निकट अखिल क्रन्तिकारी राप्ती व्युरो सदस्य दिपक बिष्टले आफुहरुको आन्दोलन पिडित बिद्यार्थीहरुको पक्षमा रहेको बताए । अन्य बिद्यार्थी संगठनले आन्दोलनमा नाटक मात्र गरेर साथ छोडेको बताउदै आफुहरुको आन्दोलन सफलता नभए सम्म जारी रहने बताएको छ । बिद्यार्थी संगठनले भोली पत्रकार सम्मेलन गरेर यस बिषयमा थप जानकारी दिने बताएको छ ।