काठमाडौं : प्रेस काउन्सिल नेपालसंग संग सम्बन्धित उजुरी अनलाइनबाटै दिन सकिने प्रणालीको आईतबार एक कार्यक्रमबीच प्रधान न्यायाधीश गोपाल पराजुलीले उद्घाटन गरेका छन । अव विश्वका जुनसुकै स्थानबाट प्रेस काउन्सिल नेपालको वेभसाइटमा गएर अनलाइन कम्प्लेनमा क्लिक गरी आवश्यक कागजात, विवरण भरी पत्रकारितासंग सम्बन्धित उजुरी दर्ता गर्न सकिने छ ।
प्रेस काउन्सिल नेपालले सूचना विभागमा आयोजना गरेको अनलाइन उजुरी प्रणालीको सञ्चालन शुभारम्भ समारोहमा प्रधान न्यायाधीश पराजुलीले काउन्सिलले महत्वपूर्ण उपलब्धि हाशिल गरेको भन्दै पेशागत आचरण कायम गर्न, नियमन–अनुगमन गर्न र स्वस्थ, सभ्य, मर्यादित, व्यवस्थित पत्रकारिताको विकासका लागि सवै पक्ष लाग्नुपर्ने धारणा राखे ।

तस्विर ः महेन्द्रराज सिंह

संकटकालको बेला नेपालको न्यायालय र प्रेस एक अर्काका रक्षक भएर उभिएको उल्लेख गर्दै न्यायपालिकालाई बचाउने सामथ्र्य सञ्चार जगतमा हुनुपर्ने धारणासमेत उनको थियो । प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले अन्य लोकतान्त्रिक मुलुकको तुलनामा नेपालमा प्रेस स्वतन्त्रताको ज्यादा प्रत्याभूति भएको बताउदै पत्रकारको नाममा अराजक, ठग्दै हिड्ने, प्रहरी अधिकारीलाईसमेत दुःख दिने व्यक्तिमाथि कारवाही गर्दा अदालतले रोक्न नहुनेतर्फ ध्यानाकर्षण गर्दै एक न्यायिक निकायले गरेको निर्णय अर्को न्यायिक निकायले दोहोरो सुनुवाई नगरिकन स्टे अडर दिनु पनि उपयुक्त नभएको भनाई राखे । । त्यसैगरी नेपाल पत्रकार महासंघका अध्यक्ष तथा काउन्सिल सदस्य गोविन्द आचार्यले पत्रकार महासंघको विधानमा पत्रकार आचारसंहिता उल्लंघन गर्नेलाई पत्रकारको सदस्यता खारेज गर्ने प्रावधान रहेको उल्लेख गर्दै महासंघको सहमतिमा जारी पत्रकार आचारसंहिता पालना नगर्ने पत्रकारलाई काउन्सिलले कारवाही गर्न सक्ने र त्यसमा महासंघको समर्थन रहने बताए । यस्तो छ अनलाईन निबेदन फारम । अनलाईनमा जान यहाँ क्लिक गर्नुहोस

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto

तिहारको शुभकामना । Happy Tihar


This will close in 20 seconds