नारायण ओली
सिम्ली ७, माघ : रुकुम पश्चिमको सानीभेरी गाउँपालिका कार्यालय र सुआहारा कार्यक्रमको सहकार्यमा गाउँपालिका वडा नं. ७ का अति विपन्न ४० घर परिवारलाई खानेपानीका लागि फिल्टर वितरण गरिएको छ ।
गाउँपालिका अध्यक्ष नर बहादुर पुनले उनीहरुलाई एक कार्यक्रमका बिच एक/एक ओटा फिल्टर बितरण गरे । बितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष पुनले फिल्टरको सही प्रयोग गरेर स्वस्थ खानेपानी प्रयोग गर्न अनुरोध गरे । गाउपालिकाकी उपाध्यक्ष तथा सरसफाई कार्यदलकी संयोजक इन्दिरा ओलीले व्यक्तिगत तथा बातावरणीय सरसफाईमा ध्यान दिनु सबैको जिम्मेबारी भएको बताईन ।
कार्यक्रममा खानेपानी तथा सरसफाई डिभिजन कार्यलयका कर्ण बहादुर बोहरा, सुआहारा कार्यक्रम अधिकृत विकास बन्जाडे, सानीभेरी गाउँपालिकाको सरसफाई कार्यदलका सदस्यहरु र रुकुमेली विकास केन्द्रका कर्मचारीहरुको सहभागीता रहेको थियो ।
यसैविच उपाध्यक्ष तथा सरसफाई कार्यदलकी संयोजक ओली नेतृत्वको टोलिले सरसफाई सम्बन्धी टोलमा गएर अनुगमन गरेको छ । वडा नं. ७ को फुक्रुटाकुरा, बाघमारे तथा फुक्रुज्यूला टोलका घरघर पुगी खानेपानी, शौचालय तथा घरायसी सरसफाईको अनुगमन गरेको हो ।
![Siddhartha Auto](https://aahasanchar.com/wp-content/uploads/2024/11/aaha-dijital-final.jpg)