काठमाडौं । नेकपा एमालेको समर्थनमा स्वतन्त्र उम्मेद्वार रुपमा मनाङको प्रदेशसभा ‘ख’ बाट निर्बाचित सांसद दिपक मनाङे भनिने राजिव गुरुङलाई पक्राउ गर्न केही दिनयता प्रहरीले सक्रिय रुपमा खोजी कार्य जारी राखेको छ । तर उनी आफुलाई प्रहरीले पक्राउन गर्न लागेको सूचना पाएपछि फरार छन । ‘गुण्डा नाइके’को रुपमा चिनिएका दिपक मनाङे भनिने राजिव गुरुङको खोजी भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) रविन्द्र धानुकले पुष्टि गरेका छन् । ‘अदालतको फैसला बमोजिम पत्र आएको छ’ एसएसपी धानुकले भने, ‘खोजीकार्यका लागि टीम परिचालन गरिएको छ ।’ २०६९ साल साउन २८ गते तत्कालिन पुनरावेदन अदालत पाटनले ‘ज्यान मार्ने उद्योग’ मुद्दामा मनाङेलाई पाँच वर्ष कैद सजाय तोकेको थियो । तर,लामो समय गुपचुप रहेको फैसला पाँच बर्षपछि माघ २ गते सार्वजनिक भयो । २०६१ सालमा गुण्डा नाईके चक्रे मिलन समूहसँग खुकुरी हानाहान हुँदा मनाङे समुहले चक्रे मिलनको हात दुई टुक्रा पारिदिएको घटनामा पुनरावेदन अदालतले कैद सजाय गरेको फैसला सार्वजनिक भएसँगै फैसला कार्यान्वयन इकाईले मनाङेलाई पक्राउ गर्न भन्दै प्रहरीलाई पत्राचार गरेको हो । फैसला कार्यान्वयन गर्न पत्र प्राप्त भएसँगै महानगरीय प्रहरी परिसर काठमाडौं, महानगरीय अपराध महाशाखा र केन्द्रिय अनुसन्धान ब्युरोले छुट्टाछुट्टै टोली बनाएर दिपक मनाङ्गेको खोजी गरिरहेका छन् । रातोपाटी अनलाईनको सहयोगमा
फेसबुक प्रतिक्रियाहरु