आहा संबाददाता
रुकुम ः नेपाली कांग्रेसका नेता तथा पूर्व जिल्ला विकास समिति रुकुमका सभापति हरिभक्त ओलीको १९ औं स्मृति दिवश मनाईएको छ । मंगलबार जिल्ला अस्पताल सल्ले र राप्ती समाज अस्पतालका विरामीहरुलाई फलफुल वितरण गरिएको हो ।

फलफुल वितरण कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सदस्य गोरखबहादुर केसी, जिल्ला अस्पताल सल्लेका डा. सविन पोखरेल, मुसिकोट नगरपालिकाका वडा १ का अध्यक्ष विरबल केसी लगायतका नेताकार्यकर्ताहरुको सहभागीतमा रहेको प्रेस युनियन रुकुमका सहसचिव प्रविर ददेल जानकारी दिए । फलफुल वितरण पछि वोल्दै नेपाली काग्रेस जिल्ला कार्य समिति रुकुमका सदस्य गोरखबहादुर केसीले स्व. हरिभक्त ओलीको हत्याले नेपाली कांग्रेस रुकुमलाई ठुलो क्षती पुय्राएको बताए ।

ओलीको हत्याले कांग्रेसलाई मात्र होईन सिङगो रुकुम जिल्लामै अतुलनीय क्षती पुगेको उनको भनाई थियो । नेपाली कांग्रेस रुकुमलाई कमजोर बनाउने उद्देश्यले तत्कालिन नेकपा माओवादीले हत्या गरेको नेपाल महिला संघकी अध्यक्ष मनिषा भण्डारीले बताईन । ‘नेपाली कांग्रेसको लागि माघ १ कालो दिन भएको छ, उनले भनिन । २०५५ साल माघ १ गते ओलको रुकुमको चौरजहारीमा हत्या भएको थियो । त्यस्तै उनको सम्झनामा रुकुम पश्चिमको चौरजहारीम पनि स्मृति दिवस मनाईएको छ ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto