रुकुम पश्चिमको मुसिकोट नगरपालिका सदरमुकाममा रहेको नगरपालिका हो । स्थानीय तहको चुनाबबेला दलका उम्मेदवारहरुले मुसिकोटलाई स्मार्ट सिटिको रुपमा बनाउने प्रचार गरिरहेका थिए । देशमा स्थानीय, प्रदेश र संघ गरि तिन वटै तहको निर्बाचन सम्पन्न भएर जनप्रतिनिधीहरु आईसकेका छन । रुकुमको मुसिकोट नगरपालिकाको प्रमुखमा देविलाल गौतम बिजयी भएको पनि ७ महिना बढी भईसकेको छ । स्थानीय तहको कामकाज, बजेट र आगामी योजनाका बिषयमा संबाददाता सुवास बटालाले गरेको कुराकानी
मुसिकोट नगरपालिको हाल सम्म कति वटा बैठक बस्यो र बैठकले विकास निर्माणको कार्यलाई कसरी प्रथामिकता दिईरहेको छ ?
म निर्बाचित भएदेखि मुसिकोट नगरपालिकाको एउटा नगर सभा र १२ वटा नगर कार्यपालिकाको बैठक बसेको छ ।
नगर सभाले मुख्य रुपमा असार २५ गते बसेको बैठक अनुसार प्राप्त चालु खर्चलाई बिनियोजित गर्नुपर्छ भन्ने संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयले गरेको सूचना अनुसार प्राप्त रकम विकास निर्माणका कार्यमा यस नगरपालिकाका १४ वटै वडा हरुमा रकम विनीयोजित गरिएको थियो ।
बिनियोजित बजेटमा हालसम्म कति रकम खर्च भएको छ ?
विनियोजित रकम बाट विकास निर्माणमा हामीले प्रत्येक वडामा १ करोड रकम विनीयोजित गरेका थियौ । सो अनुसार विनियोजित रकम बाट यो हप्ता सम्म ५० प्रतिशत काम पुरा भएको छ र कति कतिपय सम्झौता गर्न आईराखेको र कतिपय रकम माग गर्न आइरहेको अवस्था छ । त्यसलाई क्रमस भुक्तानी दिन अगाडि बढिरहेका छौ । विनियोजित रकम अलवा नगरपालिकाबाटै गर्नुपर्ने कामकाजहरुमा पनि खर्च भएको छ जस्तै बजार एरीयाभित्रको फोहोर व्यवस्थापन, सुचारु रहेका सडकहरु वर्षातको कारणले यातायात सुचारु हुन नसकेको ती सडकहरुलाई मर्मत तथा सुचारु गर्न काम भएका छन । अन्य सामाजिक संघसंस्थाहरु बालसञ्जाल, अपाङ्खमैत्री कार्यक्रमहरु सञ्चालन भएका छन ।
नगरपालिकालाई विकास गर्न धेरै बजेट आवश्यक पर्छ तर बजेटका प्रमुख स्रोतको रुपमा कसरी व्यवस्थापन गरिरहेको छ ?
नगरपालिकामा बजेटको आवश्यकता त धेरै नै पर्ने भयो तर स्रोत जुटाउनका लागी विभिन्न निकायमा कर संङकलन र करको दायरा फराकीलो पारी स्रोत संङकलन गर्ने उद्देश्य राखेको छ । यसको अलवा अन्य स्रोतहरु खोजि गर्ने र त्यसको व्यवस्थापन गर्ने सोच बानएको छु र सहकारी निकायबाट प्राप्त हुने रकम पनि स्रोतको माध्यम नै हो । अहिले तत्काल स्रोतको त्यस्तो ग्यारेन्टी छैन । भोलीका दिनहरुमा जलस्रोतको पहुँज भएको कारणले जलस्रोत उपयोग गरी स्रोत सङकलन हुने सम्भावना भएकोले कार्यक्रम र योजना बनाइदैछ ।
व्यापारीहरुले नगरपालिकाले आफु खुसी रुपमा कर लगाएको गुनासो पनि गर्छन, यसलाई कसरी लिनुभएको छ ?
कर लगाउने सम्वन्धमा अघिल्नो नगरपालिकाले नै निर्धारण गरेको हो । त्यसै अनुरुपमा नै कर निर्धारण गरेको हो र त्यसमा अलिकति होटेल व्यवसायीहरुमा मदिरा विग्री वितरण गर्नेहरुको निम्ती केही प्रतिशत बढाइएको छ । र अन्य नगरपालिका गाउँपालिकाहरुमा बुझ्दा सबै भन्दा कम मुसिकोट नगरपालिकाको कर कम भएको महसुश गरेको छु । कर बढी भयो भनेर मात्र आलोचना गरेर हुदैन राज्यलाइ कर सबैले बझाउन पर्छ । अझ एकीकृत सम्पत्ती कर लगाइएको छैन । सवै घर धुरीको कर निर्धारण गर्ने कुरा बाँकी नै छ अझ करको दायरा बढाएर लैजानु आवश्यकता छ । केवल जनताले राज्यबाट सेवा सुविधा मात्र माग गर्ने करको दायरामा नआउने हो भने राज्य सञ्चालन हुन सक्दैन । राज्यले पनि आम जनतालाई सेवा सुविधा उपलब्ध बनाउनु पर्ने हुन्छ र सेवा सुविधा उपलब्ध गराउनको निम्ती मुसिकोट नगरपालिका तत्पर रहेको म जानकारी गराउन चाहान्छु ।
नगरपालिकाले जनताका लागि गरेको सहुलियतपुर्ण कामका केहि उदाहरण छन ?
सहुलियत पुर्ण कार्य कृर्षि तर्फका उत्पादन भएका ताजा तरकारीहरु विउविजनको बजार व्यवस्थापन र विउविजनहरु उपलब्ध गर्ने र बजार व्यवस्थापन गर्नु पर्ने हन्छ । अन्य बजारको पनि व्यवस्थापन गर्ने, बजार अनुगमन गर्ने, सफा गर्ने र व्यवस्थित गर्ने कामहरु गरेको छ ।
मुसिकोट नगरपालिका भित्र स्वास्थ्य, शिक्षा र यातायात क्षेत्र सुधारको लागी के कस्ता नयाँ योजना तयार पार्नु भएको छ ?
सरकार परिवर्तन, नयाँ संविधान नेपाली जनताको हक अधिकार सहित प्राप्त भएको छ । यो संविधानलाई संविधानमा उल्लेख भएका र देशमा तिन वटै सरकारको निर्वाचन भइसकेको छ । अझै सरकारले पुर्णता नपाएको स्थिती छ । सरकार सवै तहका केन्द्रीय प्रदेश र स्थानिय तहका सरकारहरु स्थापित भए भने यो देश सञ्चालनका निम्ति नियम कानुन हरु बन्ने छन र जनताले चाहेका स्थानिय तहको अधिकार प्राप्त अनुसार विशेष गरी स्थानिय तहले गर्नु पर्ने कामहरु पनि स्वास्थ्य शिक्षा कृषि पर्यटन र सामाजिक सुधारका कामहरु स्थानिय तह बाट हुने छन । त्यसको निम्ती पहिलो कुरा स्थानिय तह नगरपालिकाको समग्र विकासको निम्ती नगरको म्याप तथ्याङक आदीको गुरु योजनाको आवश्यक पर्छ र गुरु योजना तयार गर्नको निम्ति मुसिकोट नगरपालिकाले कामको थलानी गरिसकेको छ । गुरु योजनाले २०७४ माघ महिना भित्र गुरु योजना सम्पन्न गर्ने छ । मुसिकोट नगरपालिकामा स्वास्थ्य शिक्षालाई पहिलो प्राथामिकतामा राखेर शिक्षालाई व्यवस्थित गर्ने गुणस्तरीय, व्यवहारिक, प्राविधिक शिक्षालाई अगाडि बढाउने र स्वास्थ्यको क्षेत्रमा पनि सवै नागरीकहरुले स्वास्थ्य उपचार सरल र सस्तो तरीकाले पाउले गरी व्यवस्था गर्ने सोच राखेको छु ।
अन्त्यमा केहि ?
मुसिकोट नगरपालिका स्थानीय तहको जिम्मेवारी मलाई सम्प्रीयको छ । मैले यहाँको अवस्था र परिस्थिति अनुसार जनताको इच्छा र आकाक्षा बमोजिम सम्पुर्ण विषयहरुमा विना आग्रहपुर्बाग्रह सेवा दिनेमा लागी रहने छु । जनताले पनि सोहि अनरुप आफु परिश्रमिक बन्न पनि अपिल गर्दछु । धन्यवाद
