कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीको तर्फबाट रुकुम पश्चिमको प्रतिनिधि सभा सदस्यको प्रत्यक्ष उम्मेदवारमा नरेन्द्र केसीलाई संभावित सूचिमा राखिएको छ । देशका सबै निर्वाचन क्षेत्रमा आफ्नो उम्मेदवार खडा गर्ने उज्यालो नेपाल पार्टीको योजना अनुसार रुकुम पश्चिममा केसीलाई उठाउने संभावना रहेको हो । केसीले पार्टीका सभापति घिसिङसंग यस विषयमा बसेर एक चरणमा छलफल समेत गरिसकेका छन । नयाँ बैकल्पिक दलको रुपमा उदायको कुलमान घिसिङ नेतृत्वको पार्टीबाट केसीले उम्मेरवारी दिने तयारी गरेपछि रुकुमको राजनीतिक बृत्तमा चासोको रुपमा हेरिएको छ ।

आहा सञ्चारले यस विषयमा केसीलाई बुझ्दा उनले छलफल भएको स्वीकार गरेपनि उम्मेदवारनै हुने टुंगो लागि नसकेको बताए । ‘आगामी निर्वाचनमा रुकुम पश्चिमको लागि बैकल्पिक राजनीतिको उम्मेदवार जरुर चाहिएको छ, उज्यालो नेपाल पार्टीको तर्फबाट मलाई अनुरोध पनि आएको छ, टुंगो नै नलागेपछि छलफल सकात्मक छ’ उनले भने । उज्यालो नेपाल पार्टीले प्रत्येक जिल्ला जिल्लामा सामाजिक क्षेत्रमा योगदान पुर्याएका ब्यक्तिहरुलाई उम्मेदवार छनौट गरिरहेको छ । जाजरकोटमा अन्तराष्ट्रिय जीवन शिक्षा प्रशिक्षक नरबहादुर कार्कीलाई उठाउने तयारी छ ।

को हुन केसी ?
नरेन्द्र केसी देवकोटा रुकुम पश्चिमका प्रभावशाली नागरिक समाजका नेता, सुशासनकर्मी तथा अनुभवी विकासकर्मी हुन् । उनीसँग राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुमा २० वर्षभन्दा बढीको काम गरेको र नेतृत्व अनुभव छ । खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) आदि परियोजनाहरुको व्यवस्थापन, सुशासन, आपतकालीन प्रतिकार्य, सामाजिक परिचालन र स्थानीय शासनका क्षेत्रमा उहाँले नीति, कार्यान्वयन र परिणाम तीनै तहमा काम गरेको अनुभव छ ।

पूर्व पत्रकारसमेत रहेका केसी पारदर्शी शासन, भ्रष्टाचारविरुद्धको स्पष्ट अडान र जनउत्तरदायी नेतृत्वका पक्षधर मानिन्छन । हाल त्रिभुवन जनता माध्यमिक विद्यालय, रुकुम पश्चिमको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा सामुदायिक बिद्यालय व्यवस्थापन महासंघका जिल्ला अध्यक्षको रूपमा शिक्षा सुधारमा सक्रिय उनलाई जिल्लामा सम्भाबित वैकल्पिक, सक्षम र इमानदार राजनीतिक नेतृत्वको रूपमा हेर्ने गरिन्छ ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस...