सोलु हाइड्रोपावर लिमिटेडले आजबाट आईपीओ निष्काशन गरेको छ । प्रभावित, बैदेशिक रोजगारी र कर्मचारीहरुलाई बाँडफाड गरेपछि बाँकी रहेको ८२ करोड रुपैयाँबराबरको ८२ लाख कित्ता साधारण शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको हो ।
आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ । निष्काशन बन्द छिटोमा माघ ४ गते हुनेछ भने ढिलोमा माघ १४ गते हुनेछ । मेरो शेयर मोवाइल एप वा अनलाइन प्रयोग गरी पनि आवेदन दिन सक्नेछन् ।
फेसबुकमा प्रतिक्रिया दिनुहोस...

