नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता एबम रुकुम पश्चिमका आगामी प्रतिनिधीसभा उम्मेदवार गोपाल शर्मा अनलले आफ्नो श्रीमतीको नाम समानुपातिक बन्द सूचीबाट हटाउने घोषणा गरेका छन । सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै शर्माले यस्तो बताएका हुन । श्रीमान प्रत्यक्षतर्फ एकल सिफारिस, श्रीमती समानुपातिक सूचीमा भन्ने समाचार केहि दिन देखि विभिन्न मिडिया र समाजिक सञ्जालमा भाइरल बनेको थियो ।

नेकपा रुकुमपश्चिमबाट एकल उम्मेदवार सिफारिस भएका नेपाली कम्युनिस्ट पार्टी (नेकपा) नेता गोपाल शर्मा अनलकी श्रीमती अञ्जु दहित समानुपातिकको बन्दसूचीमा समेटिएकी थिईन । नेकपाले निर्वाचन कार्यालयमा बुझाएको बन्दसूचीमा अन्जुको नाम थारु क्लस्टरबाट दुई नम्बरमा राखिएको छ । नेकपाले जेनजी आन्दोलनपछि परिवारवाद हटाएको, युवालाई र नयाँलाई मात्र समानुपातिक बन्दसूचीमा राखेको बताएपनि एकै परिवारका श्रीमान/श्रीमती उम्मेदवार बनेपछि पार्टीभित्रै विरोध भएको थियो । तर शर्माले स्टाटस लेख्दै सुझाव र आलोचनाको लागि धन्यवाद दिएर श्रीमतीको समानुपातिक बन्द सूचीबाट पार्टी वा सम्बन्धित ब्यक्ति आफैले नाम फिर्ता लिने बताएका हुन ।

‘समानुपातिक वन्द सुचीमा क. अन्जुको नाम समावेस भएको थाह भएपछि हामीले कुनै एक जनाको मात्र (त्यो पनि आबस्यक ठानिएमा)उमेदवारी हुनेगरी निर्णय लिन संयोजक क.प्रचण्डलाई भनिसकिएको र वहाँसंग भएको छलफलको आधारमा अन्तिम वन्दसुचीमा क. अन्जुको नाम समावेस नहुने निश्चित भईसकेको छ ।’ उनले भनेका छन ।

यस्तो छ शर्माले लेखेको स्टाटस पढ्नुहोस

 

फेसबुकमा प्रतिक्रिया दिनुहोस...