विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस २१ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको एफपीओमा आवेदन दिने आज (पुस २४ गते) अन्तिम दिन रहेको छ ।
लघुवित्तले संस्थापक सर्वसाधारण शेयरधनीहरुको शेयर स्वामित्व ७०ः३० कायम गर्न एफपीओ निष्काशन गरेको हो । यस लघुबित्तको अहिले बजार मुल्य ७६५ रुपैयाँ रहेको छ ।
जस अनुसार लघुवित्तले ४ करोड ६६ लाख ८१ हजार ७०० रुपैयाँ बराबरको प्रतिशेयर १०० अंकित दरका ४ लाख ६६ हजार ८१७ कित्ता साधारण शेयरहरु थप सार्वजनिक निष्काशन गरेको हो । ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन् ।
फेसबुकमा प्रतिक्रिया दिनुहोस...

