नेपालि कम्युनिस्ट पार्टी(नेकपा) रुकुम पश्चिमले बिहिवार मोटरसाइल र्याली गर्ने भएको छ । यही पुस २६ गते मुसिकोट नगरपालिका १ बराहाटाकुरामा हुने नेकपाको एकता सन्देश सभालाई लक्षित गर्दै भोली १२ बजे नेकपा रुकुम पश्चिमले सदरमुकाम खलंगामा मोटरसाइकल र्याली गर्ने आज एक पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको हो ।
पत्रकार भेटघाट कार्यक्रममा नेकपाका नेताहरू वसन्त कुमार शर्मा, गोपाल शर्मा, सुरज परियार, सचिन रोका लगायतको सहभागीता रहेको थियोे । कार्यक्रमको सहजिकरण प्रेस सेन्टर रुकुम पश्चिम सयोजक प्रचण्ड खत्रीले गरेका थिए ।
फेसबुकमा प्रतिक्रिया दिनुहोस...

