नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश सदस्य भास्कर मल्ल नेकपाको एकता प्रकृयामा सहभागी नहुने भएका छन । रुकुम पश्चिम बाँफिकोट घर भएका मल्ल सहिद पत्र समेत हुन । माओवादी केन्द्र र एकिकृत समाजवादी पार्टी मिलेर नेकपा बनेदेखि असन्तुष्टि राख्दै आएका मल्लले सोमबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस राख्दै नेकपाको एकता प्रकृयामा नजाने स्पष्ट पारेका छन ।
‘प्रिय कामरेडहरु सबैलाई अवगत गराउन चाहान्छु, म यो भन्दा अगाडि नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको कर्णाली प्रदेश कमिटी सदस्य को जिम्मेवारीमा रहेकोे सबैलाई थाहा भएको बिषय हो ।’ उनले फेसबुकमा लेखेका छन, ‘प्रिय कामरेडहरु पार्टी एकता गर्नु राम्रो पक्ष भए पनि मालेमावादको सिद्धान्तलाई काटकुट गरेर गरेको एकता जनयुद्ध ,सहिद परिवार, घाइते परिवार र श्रमजीवी नेपाली जनतालाई एक प्रकारको धोका हो भन्ने निश्कर्ष पुगेपछि म उक्त एकतामा सामेल नभएर स्वतन्त्र भइसकेको कुरा सबैलाई जानकारी गराउन चाहान्छु ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस...