नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ का लागि सङ्कलन गरिएका मानव अधिकारसँग सम्बन्धित रुकुम पश्चिमका घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ । आज सदरमुकाम खलंगा स्थित जिल्ला समन्वय समितिको सभाहलमा भएको उक्त कार्यक्रममा एक वर्ष अवधीमा चार दर्जन बढी विभिन्न घटनाहरु घटेको इन्सेकले अभिलेखिकरण गरेको छ ।

इन्सेक रुकुम पश्चिम प्रतिनिधी जीवन खड्का अनुसार उक्त घटनामा सार्वजनिक सम्पतीमा तोडफोड, परिवारजनबाट हत्या, बालिका बलात्कार, बालयौन दुव्र्यहार, कुटपिट र आत्महत्या दुरुत्सान लगायतका विभिन्न घटनाहरु रहेका छन । इन्सेकले मानव अधिकार वर्ष पुस्तकमा समेट्ने रुकुमका घटनाहरुबारे सरोकारवाला निकायहरुसंग सुझाव लिएको लागि उक्त कार्यक्रम आयोजना गरिएको जिल्ला प्रतिनिधी खड्काको भनाई छ । उहाँका अनुसार सरोकारवालाबाट प्रयाप्त सुझावहरु आएको सुझाबअनुसार घटना अभिलेखिकरण र भएका गल्तीकमजोरी सच्याईने छ ।

कार्यक्रममा जिल्ला समन्वय समिति रुकुम पश्चिमका उपप्रमुख देवबहादुर विक, सहायक प्रमुख जिल्ला अधिकारी केशवप्रसाद ओली, जिल्ला स्थित क्रियासिल राजनीतिक दलका प्रमुख तथा प्रतिनिधी, सरोकारवाला सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधी, मानवअधिकारकर्मी, पत्रकार र सरोकारवाला अन्य पक्षहरुको सहभागीता रहेको थियो ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस...