आगामी प्रतिनिधीसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस जिल्ला समिति रुकुम पश्चिमले पाँच जनाको नाम सिफारिस गर्ने निर्णय गरेको छ । जस अनुसार चार जनाको नाम टुंगो लागिसकेको छ भने एक जना अझै छलफलको क्रममा रहेको नेपाली काग्रेस रुकुम पश्चिमका सभापति प्रेमप्रकाश ओलीले आहा सञ्चारलाई जानकारी दिनुभयो ।

जस अनुसार प्रतिनिधी सभा सदस्यमा प्रत्यक्षतर्फ पूर्व राज्यमन्त्री समेत रहेका गोपाल जी जंग शाह र पार्टी सभापति समेत रहेका प्रेम प्रकाश ओली रहेका छन । प्रत्यक्ष तर्फ सिफारिस गर्न एक जना महिलाको टुंगो लगाउन बाँकी छ । समानुपातिकतर्फ भने मानबहादुर नेपाली र मनिषा भण्डारीको नाम सिफारिस गर्ने निर्णय गरिएको छ ।

बैठकले आगामी राष्ट्रिय सभा सदस्य उम्मेदवारमा रुकुम पश्चिमबाट नेता वीरबहादुर ओलीको नाम सिफारिस गर्ने निर्णय पनि भएको बताइएको छ । उम्मेदवारका आकांक्षीहरु धेरै हुँदा काग्रेस रुकुम पश्चिमले तीन दिन देखि छलफल गरिसकेको थियो । जिल्ला पार्टीले टुंगो लगाएका उम्मेदवारहरुको नामावली प्रदेश समितिमा सिफारिस गर्ने जनाएको छ ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस...