रुकुम पश्चिममा प्रगतिशिल लोकतान्त्रिक पार्टी (प्रलोपा)को जिल्ला पार्टी कार्यालय उद्घाटन गरिएको छ । पार्टीका नेता जनार्दन शर्मा प्रभाकर लगायतको सहभागीतामा आज रुकुम पश्चिम सदरमुकाम खलंगा स्थित एक कार्यक्रमका विच पार्टी कार्यालय उद्घाटन गरिएको छ ।
पार्टी कार्यालयमा बोर्ड र झण्डा राखेर उद्घाटन गरिएको हो । यसअघि उक्त कार्यालय साविकको नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय रहेको थियो । पार्टी विभाजपछि उक्त पार्टी कार्यालय प्रलोपाले प्रयोग गर्ने नेकपा संग सहमति भएको बताईएको छ । नेकपाले अब सेरीगाउँको सहिद प्रतिष्ठान परिसरमा पार्टी कार्यालय स्थापना गर्ने छ ।
शर्मा गृह जिल्ला रुकुम पश्चिम आएको सन्दर्भमा भोली खलंगामा बृहत युवा भेला आयोजना गरिएको छ र जसलाई शर्मा लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रलोपा रुकुम पश्चिमले जनाएको छ ।
भिडियो तल युट्युब लिंकमा हेर्नुहोस ।

