गजलकार वसन्त वली बसन्तीको गजल गीत ‘बानी परेछ तिम्रो’ सार्वजनिक भएको छ । सोमबार वसन्त वली बसन्ती नामक युटुव च्यानल मार्फत सार्वजनिक भएको हो । युट्युब च्यानल अघी दाङको दाङ फन भ्यालीमा एक कार्यक्रमका बीच गजल गीत सार्वजनिक पनि भएको थियो ।

बानी परेछ तिम्रोमा एक समय भाइरल गायीका बिशाखा शाही ठकुरी, चर्चित गायक सुभाष तिमसिना र वसन्त वली वसन्ती स्वयमको आवाज रहेको छ । चर्चित गीतकार लेखराज गिरी र वसन्त वली वसन्ती को संगीत रहेको म्युजिक भिडियोमा वसन्ती ओली र गजलकार स्वयमले अभिनय गरेका छ्न् । झग्गु भण्डारीको निर्देशनमा रहेको गजलमा गजलकारकै कथा÷परिकल्पना गरेका हुन् । देश चिनाउने सपना देखेर फुटबलमा होमिएका वसन्त वली वसन्ती फुटबलर पनि हुन् । चोटको कारण फुटबल क्षेत्रबाट टाढिएका वलीको अझै पनि फुटबलको लगाव उतिनै छ । नेपाली सेनामा कार्यरत गजलकार वसन्त वलि वसन्तीको घर दाङ हो ।

गजल गीत हेर्न तलको युट्युब लिंकमा क्लिक गर्नुहोस ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस...