उदयमान मोडल रामु पुन र चर्चित मोडल सारिका केसीले अभिनय गरेको गीत तिमीलाई हेरी हेरी सार्वजनिक भएको छ । चर्चित गायिका अन्जु पन्तको आवाजमा रहेको तिमीलाई हेरी हेरी गीत शुक्रबार सारिका केसी युट्युब च्यानलबाट सार्वजनिक भएको हो । माया प्रेमका शब्दले भरिएको यस गीत युवा पुस्तामा लोकप्रिय हुने मोडल पुनको भनाई छ ।

रोशन सिंहको शब्द संगीत रहेको यस गीतमा विक्रम चौहानको निर्देशन रहेको छ । रामु पुनको अभिनय रहेको यो दोस्रो सांगितिक कोशेली हो । यसअघि पनि माया गर्छु म गीतमा अभिनय गरेरका थिए । उक्त गीतबाट उनी बि स्टार फिल्म म्युजिक अवार्ड २०८२ मा सहभागी भएर अवार्ड समेत जितिसकेका छन् ।

गीत हेर्न तलको युट्युब लिंकमा क्लिक गर्नुहोस

फेसबुकमा प्रतिक्रिया दिनुहोस...