रुकुम पश्चिमका राम बि पुनले सुगम संगीत नव मोडल पुरुष तर्फको अवार्ड जितेका छन् । पुनले ‘माया गर्छु म’ बोलको गीतबाट चारजना प्रतिस्पर्धीलाई पछि पार्दै बि स्टार फिल्म म्युजिक अवार्ड २०८२ को सर्वोत्कृष्ट सुगम संगीत नव मोडलको अवार्ड जितेका हुन् ।

ईसेवा भोटिङ सिस्टम मार्फत पहिलोपटक अवार्ड जितेका पुनले विहिबार काठमाडौँमा आयोजित भव्य कार्यक्रमका विच अवार्ड वितरण कार्यक्रममा सहभागी भएर सम्मान ग्रहण गरेका छन् ।

नेपाली सुगम सांगीतिक क्षेत्रमा केही वर्ष अघि डेब्यु गरेका नव मोडल पुनले आफूलाई भोट गर्ने दर्शक तथा शुभचिन्तकलाई धन्यवाद व्यक्त गर्दै अवार्डले साङ्गीतिक क्षेत्रमा अगाडि बढ्न थप हौसला प्राप्त गरेको बताए ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस...