आगामी असोज २ गतेदेखि स्यार्पु महोत्सव आयोजना गरिएको छ । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ३ र ५ मा रहेको स्यार्पू ताल परिसरमा नजिकै महोत्सव लाग्ने भएको छ ।

आगामी असोज २ गतेदेखि १३ गतेसम्म १५ औं स्यार्पु प्रर्यटन, व्याापार, सास्कृतिक तथा खेलकुद महोत्सव लाग्ने आयोजक राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान जिल्ला शाखाले शनिबार पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिएको हो । प्रतिष्ठान जिल्ला शाखा रुकुम पश्चिमका अध्यक्ष तुल देवकोटाले महोत्सवमा राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरुको प्रस्तुति रहने छ ।

महोत्सवमा पिङ, बाल उधान, कृषिजन्य उत्पादनका स्टल, दैनिक उपभोग्य सामानका साथै फेन्सी सामान सुलभ मुल्यमा पाइने र स्थायीय पर्यटकीय क्षेत्रहरुको अवलोकन पनि गर्न सकिने आयोजक समिति संयोजक शेरविर बिकले बताउनुभयो ।

 

फेसबुकमा प्रतिक्रिया दिनुहोस...