सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा सूचीकरण नभएका सामाजिक सञ्जाल क्रमशः निष्क्रिय बनाउने निर्णय गरेको छ । विहिबार सञ्चार मन्त्रालयमा बसेको अधिकारीहरुको बैठकले यसअघि सरकाले गरेको निर्णय कार्यान्वयन गर्ने र क्रमस दर्ता नभएका सामाजिक सञ्जाल निस्कृय बनाउन दुरसंचार प्राधिकरणलाई पत्र लेखिएको बताईएको छ ।
यसअघि गत साता मन्त्रालयले सामाजिक सञ्जालहरूलाई अन्तिम पटकका लागि भन्दै सूचीकरणका लागि एक साताको समयसीमा दिएको थियो । उक्त समयसीमा बुधवार राति पूरा भएको छ । यस समयसिमामा पनि फेसबुक, एक्स, युट्युब जस्ता ठुला सामाजिक सञ्जाल नेपालमा सूचिकरण गर्न नआएपछि सरकारले बन्द गर्ने निर्णय गरेको हो । टिकटक, भाईबर लगायतका केहि सामाजिक सञ्जाल भने नेपालमा दर्ता भईसकेका छन ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस...

