अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) केन्द्रीय समितिले आज काठमाण्डौमा डिजिटल बक्तृत्वकला प्रतियोगीताको आयोजना गरेको छ ।
अखिल क्रान्तिकारीको पुस्तकालय तथा अभिलेख विभागले संवाद डवली अनामनगरमा दिउसो २ बजे कार्यक्रमको आयोजना गर्न लागेको हो । संगठनकी केन्द्रीय सचिव तथा विभाग प्रमुख समकृति पुनले १८ औं राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा डिजिटल बक्तृत्वकला प्रतियोगीताको आयोजना गरिएको र सहभागी हुन इच्छुक सबैलाई अनुरोध गर्नुभयो ।
उहाँका अनुसार बक्तृत्वकलाको शिर्षक डिजिटल युगमा पुस्तकालयको भुमिका रहेको छ ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस...