नेपाल कम्युनिस्ट पार्टी महासचिव विप्लव, नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकर र एकीकृत समाजवादीका महासचिव घनश्याम भुषाल फेरी एउटै मञ्चमा जुट्ने भएका छन । तीन नेताको बिशेष उपस्थितिमा भोली दिउँसो बुटवलको एसियन होटल कालिकानगरमा एकसाथ सम्बोधनका लागि अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ ।

वर्तमान राजनीतिक संकट र निकास बिषयक उक्त अन्तरक्रिया कार्यक्रम सहिद बेपत्ता स्मृति प्रतिष्ठान नेपाल रुपन्देहीले आयोजना गरेको हो । यसअघि पनि पुस्पलाल स्मृति दिवसको दिन तीन नेता काठमाण्डौमा एउटै मञ्चमा देखिएका थिए । त्यसबेला नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकरले कम्युनिष्ट पार्टीको आचरणका विषयमा बोलेको भनाईले माओवादी पार्टीको स्थायी समिति बैठकमा समेत चर्चा पाएको थियो ।

यसपटक पनि तीन जना युवा नेताहरु एउटै मञ्चबाट सम्बोधन गर्ने कार्यक्रमले नेपालको राजनीतिक बृत्तमा फरक चासोको रुपमा हेरिएको छ । विप्लवले अहिले सचेत युवा नेतृत्वहरु एकठाउँमा उभिएर कम्युनिष्ट एकता केन्द्र बनाउन आवश्यक रहेको बताउदै आएका छन ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस...