राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको ३८ लाख कित्ता बढी शेयरको लकइन अवधि सकिएको छ । २०८२ साउन ८ गते ३ बर्षे लकइन अवधि सकिएको हो । विहिबार मिति सकिएको भएपनि शुक्रबार सेयर कारोबार नहुने भएका कारण आईतबारबाट सेयर किनबेच गर्न मिल्ने भएको हो । रुकुम पूर्व र पश्चिमका स्थानीय नागरिकहरुको पनि स्थानीय प्रभावित सेयर छ ।

लकइन अवधि खुले संगै आज साउन ११ गतेदेखि कम्पनीको यी शेयर कारोबारमा आएका छन । युनिभर्सल पावर कम्पनी लिमिटेड र राधी विद्युत कम्पनी लिमिटेडले आफ्नो नाममा रहेको राप्ती हाइड्रोको शेयर बेच्ने तयारी गरेका छन् । लकइन अवधी सकिएसंगै सप्लाई बढी आएका कारण राप्ती हाईड्रोको सेयर मुल्य आज कारोबारको शुरुमा केहि अंक घटेको छ ।

 

फेसबुकमा प्रतिक्रिया दिनुहोस...