मेगराज खड्का
रुकुम पश्चिम
रुकुम पूर्वको भूमे गाउँपालिकामा अवस्थित चौरीखर्क नयाँ पर्यटकीय गन्तब्यको रुपमा विकास भएको छ । अघिल्ला बर्षहरुमा दुई चार जना फाट्टफुट्ट घुम्न जाने आन्तरिक पर्यटकहरु यस बर्ष हजारौंको संख्यामा त्यहाँ पुगेर रमाएका छन । चौरी खर्कमा घुम्न पुग्ने पर्यटकको संख्या दिनानुदिन बढिरहेको हो । हिजोआज दैनिकसो ५ सय देखि १ हजारसम्म आन्तरिक तथा बाह्य पर्यटकहरु त्यहाँ पुग्ने गरेका छन । समुद्री सतहदेखि करिब ४ हजार मिटरसम्मको उचाइमा अवस्थित यो खर्कको मनोरम प्रकृति र सुन्दर बुकीफूलसँग रमाउन आन्तरिक पर्यटक यहाँसम्म पुग्ने गरेका हुन् ।
चौरी खर्कसम्म जाने गोरेटो बाटो पनि सहज भएपछि यस वर्ष घुम्नेहरू बढेको रुकुम पश्चिम खलंगाबाट त्यहाँ पुगेका व्यवसायी मोहविर खड्का बताउछन । मध्यपहाडी लोकमार्गको पाथीहाल्नाबाट बाट करिब ३ घण्टा पैदल यात्रा गरेपछि चौरी खर्कसम्म पुग्न सकिन्छ । यहाँ घुम्नका लागि जुनसुकै मौसममा पनि उपयुक्त भएपनि हुनबर्खायाममा विभिन्न रंगका फुलहरु, गोठालाको चहलपहलसँगै भेडाबाख्राको चरिचरनले यहाँको सुन्दरतालाई जीवन्त बनाउने गरेको छ । विशेषगरी शनिबार तथा विदाको दिनमा त्यहाँ जाने, एक रात टेन्टमा त्यहि बस्ने र नाचगान अनी खानपिन गरेर रमाउने गरेका छन ।
रुकुम पूर्वको भुमे गाउँपालिका १ मा पर्ने यस क्षेत्रको विकास र विस्तारको लागि गाउँपालिका लागिरहेको बताएको छ । गाउँपालिका अध्यक्ष होमबहादुर श्रेष्ठले गोरेटो बाटो सहित अन्य पर्यटकीय पूर्वाधार निर्माणमा लागिरहेको र आगामी दिनमा सरसफाई लगायतका क्षेत्रमा पनि चासो दिने बताउनुभयो । अहिलेको चलनचल्तीमा त्यस ठाउँलाई चौँरीखर्क भन्ने गरिने भएपनि स्थानीय भाषामा चुङुरी बुकी नाम रहेको स्थानीयहरु बताउछन ।
कस्तो छ त चौरीबुकि हेर्नहोस भिडियोमा


