हिमालयन बैंक लिमिटेड शाखा कार्यालय मुसिकोट रुकुम पश्चिमले प्रशिद्ध डिग्रे शाइकुमारी मन्दिरमा सामग्री प्रदान गरेको छ । बैंकले संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत रुकुमपश्चिमको प्रसिद्ध धार्मिक स्थल डिग्रे शाईकुमारी भगवती मन्दिरमा आउने भक्तजनको सुबिधालाई मध्यनजर गरेर जुत्ता, चप्पल राख्ने र्याक हस्तान्तरण गरेको हो ।
र्याक प्रदान गरेपछि मन्दिर ब्यबस्थापन समितीका अध्यक्ष लाल बहादुर के सीले बैंकलाई धन्यबाद ब्यक्त गर्दै यस र्याकले मन्दिरमा आउने भक्तजनहरुलाई सहयोग पुग्ने बताउनुभयो । हिमालयन बैंक लिमिटेड मुसिकोट शाखा प्रबन्धक मेघराज पौडेलले समाजमा बसेर समाजका लागि पनी टेवा पुग्ने उद्देश्यले बैंकले मन्दिर ब्यबस्थापन समितीलाई जुत्ता चप्पल राख्ने र्याक हस्तान्तरण गरिएको बताउनुभयो । सामग्री वितरण कार्यक्रममा हिमालयन बैंकका कर्मचारीहरु यज्ञमान खडका, दिपेन्द्र ढकाल, अशिम खत्री, मन्दिर ब्यबस्थापन समितीका पदाधिकारी र स्थानीयहरुको उपस्थिति रहेको थियो ।


