मेगराज खड्का
रुकुम पश्चिम
रुकुम पश्चिममा सबैभन्दा बढी मुद्धा सम्बन्ध विच्छेदका पर्ने गरेका छन । अदालतमा दर्ता हुने कुल मुद्धाको करिब आधा संख्यामा सम्बन्ध विच्छेदका मुद्धा पर्ने गरेका हुन । रुकुम जिल्ला अदालतले आज जिल्ला स्थित पत्रकारहरुसंग भेटघाट कार्यक्रमको आयोजना गरेर यस्तो जानकारी दिएको हो ।
अदालतबाट एकै वर्षमा २ सय ४४ वटा सम्बन्ध विच्छेदमा मुद्धा फैसला भएका छन । जुन चालु आवमा फैसला भएका कुल मुद्धाको करिब आधा संख्या हो । रुकुम जिल्ला अदालतमा यस चालु आवमा ५ सय ६ वटा मुद्धा फैसला भएको छन ।
‘जिल्लामा सम्बन्ध विच्छेदका मुद्धा धेरै दर्ता भएका छन, कुटपिट, यातना र अंश सहितका विषय देखि नागरिकता प्राप्त गर्नका लागि पनि महिलाहरुले सम्बन्ध विच्छेदका मुद्धा दर्ता गर्ने गरेको अवस्था छ’ जिल्ला न्यायाधीश रामप्रसाद बस्यालले भन्नुभयो, ‘श्रीमान र घरपरिवारले नागरिकता नबनाईदिएपछि सम्बन्ध विच्छेद गरेर भएपनि जन्मघर तर्फबाट नागरिकता लिने ट्रेण्ड देखियो, यो दुखद पक्ष हो ।’ विहे गरेका महिलालाई घरपरिवारबाट नागरिकताका दिने कुरामा असहयोग भएपनि माईतीपक्षका बुवा आमाको सनाखदमा पनि राज्यले नागरिकता दिनुपर्ने र श्रीमानले असहयोग गरेकै भरमा श्रीमतीलाई नागरिकता विहिन बनाउन नमिल्ने न्यायाधीस बस्यालको भनाई थियो । त्यस्तै समग्र रुपमा रुकुम जिल्ला अदालतले यस आर्थिक वर्षमा लक्ष भन्दा बढी मुद्धा फैसला गरेको छ । अदालतले ४ सय ४२ वटा मुद्दा फैसला गर्ने लक्ष निर्धारण गरेकोमा ५ सय ६ वटा मुद्दामा फैसला गरेको हो ।
अदालतमा प्राविधिक कारणबस १ वर्षभन्दा पुरानो एउटा मुद्धा मात्र रहेको र अन्य सबै फैसला भएका छन । पत्रकार भेटघाट कार्यक्रममा अदालतका श्रेस्तेदार मन्दिरा शाही, तहसिलदार लालबहादुर क्षेत्री, नेपाल पत्रकार महासंघ रुकुम पश्चिमका अध्यक्ष गोपाल रेग्मी लगायत जिल्ला स्थित पत्रकारहरुको सहभागीता रहेको थियो ।
जिल्ला अदालतले चालु आर्थिक वर्षमा गरेका मुद्धा फैसला तथा अन्य विवरणहरु विस्तृत रुपमा तलको विवरणमा हेर्नुहोस ।


