मुसिकोटका संभावना र चुनौतीहरु

Byआहा सञ्चार

२०८२ असार ३१, मंगलवार १०:५६ गते

हेमराज श्रेष्ठ
नेकपा एमाले कर्णाली प्रदेश सल्लाहकार

नेपालको इतिहासमा नेपालमा पञ्चायतकाल खासगरी ३० वर्ष सम्म राजाको शासन चलेको इतिहास छ । पञ्चायत कालमा राजाको शासन एक तन्त्रिय थियो ।
राजाले बोलेको कुरा काट्न नपाईने, राजाको विरोध गर्न नपाईने । व्यवस्थाको विरोध गर्न पाइदैन थियो । यदि कसैले राजाप्रति, राजदरबारप्रति र पञ्चायत प्रति विरोध गरेमा मुद्धा लाग्ने गरेको थियो । राजाले जे बोले पनि हस, सरकार भन्ने शब्द प्रयोग गर्नुपर्ने मध्यको मुसिकोट खलंगा गाउँ पञ्चायत पनि एक हो ।
यस खलंगा ठाउँको नाम मुसिकोट खलंगा भन्ने गरिन्छ । खलंगा भनेको २२ से चौविसे राजाका राजधानीहरु हुन । यहाँ राजाको बैठक बस्ने चलन थियो । बैठक भनेको दलान, कचहरीमा राजा चौतरियाहरु र भाई भारदारहरु बस्ने चलन थियो । यहाँ पनि राजाबाबु सावको हुकुम हुन्थ्यो । पछि राजनीतिक परिवर्तन पश्चात साना तीना भुरे टाकुरे राजाहरु पतन भएर गए । २०४६ सालमा प्रजातन्त्रको लागि जनआन्दोलन भयो, जनता संग शासकले घुडा टेके अनी प्रजातन्त्र प्राप्त भयो । त्यसपछि २०४७ सालको संविधान लागु भएर मुसिकोट खलंगालाई खलंगा गाविसमा घोषणा गरियो । २०७२ सालको नयाा संविधान पश्चात मुसिकोट नगरपालिका बन्यो । कार्यपालिका स्थानीय तहहरुले दैनिक प्रशासन चलाउने स्थानीय सरकार बने । मुसिकोट नगरपालिकाले पनि बजेट निर्माण देखि कर संकलन, खर्च र ऐन कानुन बनाउने सम्मको अधिकार प्राप्त गर्यो । हालसम्म मुसिकोट नगरपालिकाबाट विभिन्न कामहरु भैरहेका छन तर आगामी दिनमा थप यी कामहरु गर्नुपर्ने आवश्यकता देखिन्छ ।

१, गाउँगाउँमा कृषि उपजलाई उत्पादन र बजारीकरणमा जोड दिने
२, प्राविधिक शिक्षा पठाउने
३, साँखगाउँमा पर्ने ठुली दह, खारादह, जुम्ल्या दहमा विकासको नाममा करोडौं रकम खर्च भैसकेको छ । तर ती ठाउँहरुमा जान अझै पनि यातायातको राम्रो व्यवस्था नभएको कारण व्यवस्था गर्ने ।
४, खलंगा मुसिकोट क्याम्पसबाट मुसिकोट चाँफा सम्म झोलुंगे पुल बनाउने, त्यस्तै चाँफाबाट भलाक्चा सम्म पनि झोलुंगे पुल बनाउने
५, माछिमी देखि चौरजहारी सम्मको सानीभेरी नदिमा ढुंगा चलाउने ।
६, स्थायी रुपमा फोहोर फाल्ने ठाउँको ब्यवस्था गर्ने, फोहोरबाट आएका फलाम, पलाष्टिक तथा कवाडि सरसमानहरु विक्रि वा पुनप्रयोग गर्ने व्यवस्था मिलाउने ।
७, खलंगादेखि डिग्रे रावलबारा, खलंगा स्यार्पुताल सम्म जाने पक्की बाटो बनाउने र दैनिक रुपमा अटो लगायतका सवारीसाधन सजिलै चल्ने ब्यवस्था मिलाउने ।
८, कृषिउपजको उत्पादन र विक्रिवितरणका लागि सहयोग गर्नुपर्ने । हानिकारण विषाधी भएनएको अनुगमन गर्ने व्यवस्था मिलाउने ।
९, स्थानीय सरकारबाट कृषि तथा पशुपंक्षी उत्पादनका लागि दिएको अनुदान सदरपयोग भए नभएको अनुगमन गर्ने ।
१०, खलंगाबाट जिल्लाका सबै ठाउँमा नगर बसहरु संचालन गर्ने ।

खलंगाको सहिद मैदानमा सवारीसाधन पार्किङ सहितको बहुतले भवन निर्माण कार्य थालेकोमा मुसिकोट नगरपालिका प्रमुख महेन्द्र केसी धन्यबादको पात्र बन्नुभएको छ । त्यसका साथै माथी मैले उल्लेख गरेका विषयहरुमा पनि ध्यान दिन मुसिकोटमा अझै राम्रो विकास हुने थियो । जसमा संभावना र चुनौती दुबै रहेका छन ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस...