रुकुम पश्चिमको मुसिकोट नगरपालिका १, कैल्देउमा रहेको कैल्देउ युवा क्लबको आयोजनामा बृक्षारोपण गरिएको छ । क्लबको आयोजनामा शनिबार बकाइनो, बास, बिरेन्द्र फुल, लफ्सी, बेलपत्र, कोइरालो र पारिजात लगायतका विरुवाका जातहरु लगाईएको हो ।
कैल्देऊको लक्ष्मी मा.वि. कैल्देऊ परिसर, शिव मन्दिर र कालिका मन्दिर लगायत पहिरोको जोखिमयुक्त क्षेत्रमा बृक्षारोपण कार्यक्रम गरिएको क्लबका अध्यक्ष यत कुमार बोहराले आहा सञ्चारलाई जानकारी दिनुभयो । उहाँका अनुसार बृक्षारोपण कार्यक्रममा लक्ष्मी मा. वि. कैल्देऊका बि.ब्य. स. अध्यक्ष तिले बुढाथोकी, क्लवका उपाध्यक्ष झकविर सार्की, सचिव प्रमिला रावल, स–सचिव अनिता बुढाथोकी, कोषाध्यक्ष तिलक रावल, सदस्यहरु टोपजङ रावल, रेशम रावल, अज्जु रावल, टिकाराम सार्की, डिक्सन विसि र सुनिल सार्की लगायतको सहित स्थानीयहरु गरि ४५ जनाको सहभागितामा रहेको आयोजकले बताएको छ । क्बलको बृक्षारोपन कार्यक्रममा स्थानीय समाजसेवी सुवास बोहराले आर्थिक सहयोग गर्नुभएको थियो ।


