रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले पत्रकार दिपेन्द्र महतारासहित ३० जनालाई सम्मान गरेको छ । पालिकाको १७ औँ गाउँ सभाको बैठकको अवसरमा पत्रकार महतारा सहित ३० जनालाई गाउँपालिकाले सम्मानसहित पुरस्कृत गरेको हो ।
आर्थिक वर्ष २०८१/८२ को कार्यसम्पादन मुल्याङ्कनका आधारमा विभिन्न पेशामा आवद्ध ३० जना व्यक्तिलाई सम्मान पत्र, दोसल्ला र नगद पुरस्कारले सम्मान गरिएको हो । पालिकाले उत्कृष्ट बिध्यार्थी, शिक्षक, किसान, कर्माचारी, बिघ्यालय ब्यबस्थापन ,समिति, सामाजसेबी, महिला, पत्रकार र कार्यालय सहयोगीलाई सम्मान सहित पुरस्कृत गरेको हो ।
नेपाल पत्रकार महासंघ रुकुम पश्चिमका सचिव समेत रहेका पत्रकार महतारा रेडियो सानीभेरीमा कार्यक्रम उत्पादकको रुपमा कार्यरत हुनुन्छ ।
फेसबुकमा प्रतिक्रिया दिनुहोस...

