रुकुम पश्चिमको मुसिकोट नगरपालिका १३ नम्बर वडा कार्यालयले वडामा रहेका सुत्केरी, स्वयंम सेविका र उत्कृष्ट कर्मचारीलाई सम्मान गरेको छ । वडाले मंगलबार कार्यालयमा एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको हो ।

वडामा आर्थिक वर्ष ८१÷८२ मा सुत्केरी भएका ६० जना सुत्केरी आमालाई असल आमा सुत्केरी कार्यक्रम अन्तरगत सम्मान गरेको वडा अध्यक्ष खलबहादुर खड्काले जानकारी दिनुभयो । त्यस्तै वडामा कार्यरत ४ जना महिला स्वयंम सेविका हरूलाई सम्मान गर्नुका साथै स्वास्थ्य क्षेत्रमा उत्कृष्ट कार्यसम्पादन गरे बाफत स्वास्थ्य चौकि छिबाङ्गका ईन्चार्ज चन्द्र वीर रोका र आधारभुत स्वास्थ्य चौकि प्रमुख टिकराम रोका लाई सम्मान गरिएको वडा कार्यालयले जानकारी दिएको छ ।

सम्मान स्वरुप स्वयंम सेबिका हरूलाई मासिक संञ्चार खर्च मार्फत ५०० गरि बर्षको ६ हजार र ६० जना सुत्केरी आमा लाई पोषिलो खानेकुराको निम्ति जनही १ हजार १ सयका दरले रकम उपलब्ध गराइएको हो । वडा कार्यालयले सम्मान गरेपछि सुत्केरी तथा स्वयंम सेविकाहरुले खुसि ब्यक्त गरेका छन ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस...