हिम स्टार उर्जा कम्पनी लिमिटेडले मंगलबारदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर अर्थात आईपीओ निष्काशनमा ल्याएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी ३७ करोड ३० लाख रुपैयाँको ३० प्रतिशतले हुन आउने ११ करोड १९ लाख रुपैयाँबराबरको ११ लाख १९ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो ।

जसमध्ये आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा, आफ्ना कर्मचारी र सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिसकेपछि सर्वसाधरणका लागि आइपिओ निष्काशन गरेको हो । कम्पनीले ७ लाख ७३ हजार ९७५ कित्ता शेयर सर्वासाधारणका लागि निष्काशन गरेको हो । मेरोशेयर वेबसाइट तथा मोबाइल एपबाट आवेदन दिन सकिनेछ ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस...