राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले असार १ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने अवधि थप गरेको छ । कम्पनीले निष्काशनमा ल्याएको हाल कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयरमा अब असार २४ गतेसम्म आवेदन दिन सकिने भएको छ ।
कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो। यस अनुसार कम्पनीले ६१ करोड २७ लाख ९३ हजार ८ सय रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद शेयर निष्काशन गरेको छ ।
हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले जेठ ६ गते बुकक्लोज गरेको थियो। यस अनुसार जेठ ५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन् ।
हकप्रद जारी गर्ने राप्ती हाईड्रो कम्पनी कस्तो हो ? यस कम्पनीले सञ्चालन गरिएको रुकुमगाड परियोजना, हकप्रद आवेदन गर्ने समयसीमा, हकप्रद सेयरको अर्थ, कति सेयर भर्ने, र कम्पनीको वित्तीय अवस्था तथा रेटिङ जस्ता पक्षहरू के कस्ता छन ? लगानीकर्ताहरूलाई हकप्रद भर्नुको फाइदा र जोखिम बारे सल्लाह दिन आहा सञ्चारको नियमित पडकाष्ट सिरिजमा यसपटक राप्ती हाइड्रोको हकप्रदबारे तयार पारेका छौं ।
पडकाष्ट सुन्न तलको युट्युब भिडियोमा क्लिक गर्नुहोस ।