गएको २४ घण्टामा देशका विभिन्न जिल्लाहरुमा भारी बर्षा भएको छ । सबैभन्दा धेरै पानी संखुवासभामा (१०२.२ मिलिमिटर) परेको छ । अहिले पनि सातै प्रदेशका विभिन्न जिल्लाहरूमा पानी परिरहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ । देशभर मौसम सक्रिय रहेका कारण बाढी पहिरोको जोखिममा रहेका बस्तीहरुमा सतर्कता अपनाउन र अतिआवश्यक बाहेक लामो यात्रा नगर्न समेत अनुरोध गरेको छ ।
कुन जिल्लामा कति मिलिलिटर पानी पर्यो माथी तस्बीरमा हेर्नुहोस ।
फेसबुक प्रतिक्रियाहरु