राष्ट्रियसभाको बैठक बुधबार ११ः१५ बजे नयाँ बानेश्वरमा बस्दैछ । बैठकमा विनियोजन विधेयक २०८२ अन्तर्गत विभिन्न मन्त्रालयको छलफल हुनेछ । उपप्रधानमन्त्री पौडेलले विभिन्न विधेयकहरू पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
आजको बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न शीर्षकहरूमध्ये राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयसहित विभिन्न मन्त्रालयको छलफलका क्रममा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची छ ।
यसैगरी, राष्ट्रियसभाका सचिव सुरेन्द्र अर्यालले ‘सङ्घीय निजामती सेवा विधेयक, २०८०’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभा समक्ष टेबुल गर्ने कार्यसूची निर्धारण गरिएको छ ।
फेसबुक प्रतिक्रियाहरु