रिम्नाको झोलुंगे पुलका प्लेटहरु खसेपछि यात्रुहरुलाई जोखिमपूर्ण तरिकाले वारपार गर्नुपर्ने बाध्यता भएको छ । रुकुम पश्चिमको सानीभेरी गाउँवपालिका १ र जाजरकोटको भेरी नगरपालिका १ जोड्ने यस पुलबाट पैदलयात्रु तथा मोटरसाइकल मार्फत दैनिक सयौंको संख्यामा वारपार गर्ने गरेका छन ।
पुल ठाउँ ठाउँमा प्लेट खसेर भ्वाङ परेको छ ।
यसअघि पुलका भ्वाङ स्थानीयले काठले टाले पनि पुनः खसेको हो । पुल उच्च जोखिममा परेको लामो समयसम्म पुगिसक्दा पनि मर्मतमा कसैको ध्यान नगएको स्थानीय डिल्ली परियारले बताए । उनका अनुसार यसको मर्मत सम्भारमा तत्कालै ध्यान नदिने हो भने ठुलो दुर्घटना निम्तिन सक्ने संभावना रहेको छ ।
फेसबुक प्रतिक्रियाहरु
