नेकपा माओवादी केन्द्र बाँफिकोट गाउँपालिका रुकुम पश्चिमको तेस्रो विस्तारित बैठक बसेको छ । बिहीबार पालिकाको केन्द्र बाँफिकोट बैठक बसेको हो । बैठकले विभिन्न निर्णय पारित तथा वडा इन्चार्ज, पालिका सचिवालय गठन र कार्य विभाजन गरेर सम्पन्न भएको छ । १५ सदस्यीय पालिका सचिवालयमा गठन गरिएको छ । यस्तै बैठकले तीन जनालाई जिल्ला समन्वय समिति तथा प्रदेश समन्वय परिषद सिफारिस गरेको हो । सिफारिस हुनेहरू महेश्वर बिसी, पवन चन्द्र, खिमप्रकाश रहनु भएको छ । यस्तै बैठकले दश वटै वडामा वडा इन्चार्ज पनि तोकेको छ । १ नम्बर जय मल्ल, २ नम्बर वडामा मनबहादुर बादी, ३ नम्बर वडामा बेगम देवकोटा र ४ नम्बर वडामा खिमप्रकाश पुरीलाई तोकिएको नेकपा माओवादी केन्द्र बाँफिकोटका सचिवालय सदस्य तथा सूचना बिभाग का सदस्य बालाराम देवकोटाले जानकारी दिनुभयो ।
उहाँका अनुसार ५ नम्बर वडामा प्रकाश के सी, ६ नम्बर वडामा गोर्ख कुसारी, ७ नम्बर वडामा नरबहादुर खत्री, ८ नम्बर वडामा मनबहादुर केसी, ९ नम्बर वडामा कविराम खत्री र १० नम्बर वडामा तिलक खड्कालाई तोकिएको छ । यस्तै चन्द्रबहादुर शाहीको संयोजकत्वमा संगठन विभाग, धर्मबहादुर केसीको संयोजकत्वमा कर्मचारी, शिक्षक र बुद्धिजिवि विभाग, चन्द्रबहादुर केसीको संयोजकत्वमा सार्वजनिक सेवा विभाग र कलबहादुर नाथको संयोजकत्वमा गुनासो तथा सञ्चार विभाग गठन गरिएको छ ।
यस्तै तुल देवकोटाको संयोजकत्वमा सूचना तथा सञ्चार विभाग, गोर्ख कुसारीको संयोजकत्वमा उद्योग तथा व्यापार विभाग, कविराम खत्रीले संयोजकत्वमा सहकारी विभाग, नरबहादुर खत्रीको संयोजकत्वमा स्कुलिङ, बेगम देवकोटा संयोजकत्वमा अनुशासन विभाग, तुल देवकोटाको संयोजकत्वमा आर्थिक विभाग र दक्ष पुनको संयोजकत्वमा कार्यालय विभाग गठन गरिएको नेकपा माओवादी केन्द्र बाँफिकोट जनाएको छ । चैत्र ६ देखि १५ वडा स्तरीय बैठक, मध्यपहाडि लोकमार्ग केन्द्रित पार्टीका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड लगायतका नेताहरूको उपस्थितिमा हुने कार्यक्रम भब्य बनाउने निर्णय गरेको छ । यस्तै कार्यकर्ताहरुको बचत गर्ने बानी बसाल्न खुतुर्की कार्यक्रम लागू गर्ने तथा जनताका दैनिक जिवनका सुखदुख बुझ्न चुल्हो गफ गर्ने निर्णय गरेको छ ।
