२६ औं यदु स्मृति दिवश सम्पन्न

Byआहा सञ्चार

२०८१ फाल्गुन २१, बुधबार १७:०६ गते

नेकपा एमाले चौरजहारी नगर कमिटीको आयोजनामा २६ औं यदु स्मृति दिवस यदु स्मृति प्रतिष्ठानको भवन चौरजहारीमा नगर कमिटी अध्यक्ष अतिराम ओलीको अध्यक्षता र केन्द्रिय सल्लाहकार कमरेड गोबिन्द केसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । नगर कमिटी सचिव डिल्ली शर्माद्वारा संचालन गरिएको कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी देखि नगर कमिटी सम्मका नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा “शहिदको बलिदानीः हाम्रो जिम्मेवारी” बिषयक बिद्यालय स्तरीय बक्तृत्वकला प्रतियोगगीता पनि आयोजना गरिएको थियो । प्रतियोगगीतामा माबि खहरेका कबिता बुढा प्रथम, मावि खोलागाँउ केशव ओली दोस्रो, सितल माविका सुदाम गौतम तेस्रो र भ्याली पब्लिकका दिया लामिछाने र आधारभुत बिद्यालयका भावना जैसी सान्त्वना जित्न सफल भएका थिए ।

कार्यक्रममा पार्टी केन्द्रिय सल्लाहकार परिषद सदस्य गोविन्द केसीले यदुको लोकप्रियता देखि डराएर माओवादीले द्धन्द्धकालमा हत्या गरेको बताउनु भयो । कार्यक्रममा प्रदेस कमिटी सदस्य हरिप्रसाद शर्मा, जिल्ला अध्यक्ष नन्दराम देवकोटा, गौतमका भान्ज मधु पोखरेल लगायतले आआफ्नो धारणा राख्नु भएको थियो ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto