जन्मदिनको अवसरमा विभिन्न फजुल खर्च गर्ने पछिल्लो समयको संस्कारका विच एक ब्यक्तिले विद्यार्थीहरुलाई निशुल्क लोकसेवा तयारी कक्षा संचालन गर्ने घोषणा गरेका छन । हिमालयन एग्रिकल्चर इन्स्टिच्युटमा लामो समय देखि अध्यापन गराउँदै आएका प्रशिक्षक चन्द्र प्रकाश रोकायको जन्मदिनको अवसरमा देशैभरिबाट ४५ जना कृषि तथा भेटेरिनरीका विद्यार्थीहरूको लागि निशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्न लागेका हुन ।

आफ्नो जन्मदिनको अवसरमा देशका सातवटा प्रदेशबाट पाँच जनाका दरले ३५ जना र रुकुम पश्चिमबाट १० जना गरी ४५ जना कृषि र भेटेरीनरीको लोकसेवा तयारी गर्न चाहने गरीब तथा जेहेन्दार विद्यार्थीलाई नि शुल्क लोकसेवा तयारी कक्षा प्रदान गरिने प्रशिक्षक रोकायले जानकारी दिनुभयो ।
कृषि, भेटेरीनरी चौथो तथा पांचौ तहको अनलाइन लोकसेवा तयारी गर्दा लाग्ने कुल रकमको संस्थाले ५०% र आफूले ५०% रकम तिरिदिने व्यवस्था गरिएको प्रशिक्षक रोकायले जानकारी दिनुभयो । निःशुल्क कक्षा ५ महिनासम्म चल्नेछ ।

थप जानकारीको लागी ९८६८८९०३९६ र ९८६०६७३७८९ नम्बरमा सम्पर्क गर्न सकिने संस्थाले बताएको छ ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto