नेकपा माओवादी केन्द्र चौरजहारी नगर समितिको पदाधिकारीको पुनःनिर्वाचन हुने भएको छ । पुस १७ गते सम्पन्न भएको पदाधिकारी निर्वाचनका सन्दर्भमा कार्यविधी विपरित निर्बाचन गराइएको भनी पार्टीको केन्द्रीय निर्वाचन समितिमा उजुरी परेको थियो ।
उक्त उजुरीको विषयमा आयोगको बैठकबाट उक्त पदाधिकारीको निर्वाचनको नतिजा खारेज गरेर प्रथम चरणमा निर्वाचित पालिका समिति सदस्यबाटनै पदाधिकारीहरुको निर्वाचन गराउने निर्देशन भएअनुसार पुनः पदाधिकारीको निर्वाचन हुन लागेको हो । जस अनुसार आईतबार बसेको नेकपा माओवादी केन्द्रको जिल्ला समन्वय समितिको बैठकले केन्द्रीय निर्वाचन आयोगको निर्देशन अनुसार यहि फागुन २५ गते पुनः पदाधिकारीहरुको निर्वाचन गर्ने निर्णय गरेको जिल्ला संयोजक सचिन रोकाले जानकारी दिए ।
यसअघि पदाधिकारीहरुको निर्वाचन भन्दा पहिलेनै मनोनित गरेका सदस्यलाई अध्यक्ष निर्वाचित गराईएको भनेर चर्को आलोचना र उजुरी परेको थियो । अध्यक्षमा बनेका सुन्दर शर्मा लगायत मनोनित ६ जना सदस्यहरले यसअघि नै राजीनामा बुझाईसकेका छन । अब पहिलो चरणमा निर्वाचन ४४ जना नगर सदस्यबाटनै अध्यक्ष लगायतका पदाधिकारी चयन हुनेछन भने पदाधिकारी निर्वाचन भएपछि मात्रै मनोनित गर्ने कोटामा पदपुर्ती गरिने छ ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto