रुकुम पश्चिम सानीभेरी गाउँपालिका ५ मा भएको उपनिर्वाचन मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । उपनिर्वानमा उत्साहनक मतदाताहरुको सहभागीता भएको छ । जस अनुसार करिब ८० प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार कुल १४ सय ३४ जना मतदाता रहेको वडामा ११ सय ४६ मत खसेको छ ।
नेपाल राष्ट्रिय मावि घापाघारमा एउटा मात्र मतदान स्थल र त्यसमा दुई वटा मतदान केन्द्र कायम गरिएको थियो । मतदान सम्पन्न भएर मतपेटिका संकलनको काम भएपछि मतगणनाको समेत तयारी गरिएको छ । सर्वदलीय बैठक गरेर मतगणना आजै गरिने कार्यालयको भनाई छ । धेरै मत नभएका कारण आजै रातीसम्म मत परिणाम सार्वजनिक भइसक्ने बताइएको छ ।
फेसबुक प्रतिक्रियाहरु