मेगराज खड्का
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ५ मा भैरहेको उपनिर्वाचनमा साढे १२ बजे सम्म ४३ प्रतिशत मत खसेको छ । निर्वाचन अधिकृत कार्यालयका सहायक निर्वाचन अधिकृत गोबिन्द कोईरालाका अनुसार साढे १२ बजेसम्म ४३.६५ अर्थात ६ सय २६ जनाले मतदान गरेका हुन ।
नेपाल राष्ट्रिय मावि घापाघारमा क र ख गरि दुई वटा मतदान केन्द्रमा शान्तिपूर्ण तरिकाले मतदान भैरहेको र निर्धारित समयमै मतदानको काम सम्पन्न हुने उहाँको भनाई छ । सानिभेरी गाउँपालिकाको वडा नम्बर ५ मा वडाअध्यक्ष पदको लागि कुल १४ सय ३४ मतदाता रहेका छन् ।
जसमा नेपाली काँग्रेसका तर्फबाट मोतिराम खत्री र नेकपा (माओवादी केन्द्र) का तर्फबाट जसीराम बस्नेत उम्मेदवार रहेका छन् ।
फेसबुक प्रतिक्रियाहरु