सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले आज राजधानीमा शक्ति प्रदर्शन गर्दै छ । । जनसभा नाम दिइएको प्रदर्शनमा एक लाख हाराहारी मानिस उतार्ने एमालेको तयारी छ ।

दरबारमार्गमा हुने सभालाई अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले सम्बोधन गर्नेछन । जनसभाबाटै एमालेको वास्तविक शक्ति देखाइने नेताहरू बताउँछन् । ‘एमाले नेतृत्वविरुद्ध सडकबाट देखाइदिने भन्दै कतिपय अराजक शक्तिहरूले अफवाह फैलाइरहेका छन् । त्यसको प्रतिवादमा पनि हो, यो सभा,’ एक नेताले भने । प्रधानमन्त्रीविरुद्ध भइरहेको प्रदर्शनकै प्रतिवाद गर्ने योजना अन्तर्गत एमालेले यो जनसभाको तयारीमा सम्पूर्ण शक्ति खर्चिएको छ ।

नेताहरूका अनुसार पछिल्लो साता राजधानीमा उपलब्ध सम्पूर्ण पार्टीपंक्ति र वर्गीय विभागहरु परिचालित भएका छन् । प्रधानमन्त्रीले कम्बोडियामा लगानी गरेको अफवाह फैलाएको भन्दै गत ४ मंसिरमा मात्र विवादित व्यापारी दुर्गा प्रसाईं पक्राउ परेका छन् ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto