मेगराज खड्का
रुकुम पश्चिम

आगामी मंसिर १६ गते रुकुम पश्चिम सहित देशका विभिन्न पालिकाका रिक्त पदमा उपनिर्वाचन हुँदैछ । त्यसका लागि उम्मेदवारहरुको उम्मेदवारी दर्ताको काम सकिएको छ भने उम्मेदवार उपर उजुरी लिने, छानविन गर्ने, नाम फिर्ता लिने जस्ता काम भैरहेका छन । निर्वाचनको मिति नजिकिएसंगै रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा पनि राजनीतिक माहोल तातिएको छ । उम्मेदवारहरु विभिन्न गाउँठाउँमा पुगेर आमसभा गर्ने, भोट माग्ने लगायतका काम गरिरहेका छन भने मतदाताहरु कुन उम्मेदवारको चुनावी एजेन्डा राम्रो राम्रो छ र कसलाई भोट हालेर जीताउने भनेर सोचिरहेका छन ।

रुकुम पश्चिम सानीभेरी गाउँपालिका ५ को वडा अध्यक्ष पदको उनिर्वाचनका लागि ४ जनाको उम्मेदवारी परेको छ । जसमा एक स्वतन्त्र सहित तीन दलले उम्मेदवारी दर्ता गराएका हुन । वडा अध्यक्षको पदमा नेकपा माओवादी केन्द्रको तर्फबाट जसिराम बस्नेत, स्वतन्त्र उम्मेदवार विरबहादुर बस्नेत, नेपाली काँग्रेसको तर्फबाट मोतीराम खत्री र एकिकृत समाजवादीको तर्फबाट हंशराज पुरीले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालय बताएको छ । वडा अध्यक्षका उम्मेदवारहरु आफ्नो चुनावी प्रतिवद्धता मार्फत मत मागिरहेका छन । उम्मेदवारहरु र मुख्य निर्वाचन अधिकृतको भनाई सहितको विस्तृत स्थलगत चुनावी माहोल सम्बन्धीको आहा सञ्चारले तयार पारेको रिपोर्ट तलको युट्युब भिडियोमा हेर्नुहोस ।

 

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto