राप्ती समाज दक्षिण कोरियाद्धारा रुकुम पूर्वको कमलदह सरसफाईका लागि डस्बिन वितरण गरिएको छ । शनिबार दह परिसरमा पुगेर समाजका सल्लाहकार जीवन खड्काले ४ वटा डस्बिन प्रदान गरेका हुन । दह वरपर फोहोर धेरै बढ्ने भएका कारण फोहोर व्यवस्थापनमा सहजीकरण लागि डस्बिन सहयोग गरिएको राप्ती समाज दक्षिण कोरियाले जनाएको छ ।
समाजका सल्लाहकार खड्काका अनुसार साविकको राप्ती अञ्चलबाट दक्षिण कोरियामा रोजगारीको सिलसिलामा गएका नेपालीहरुले समाज मार्फत विभिन्न सामाजिक कार्यमा योगदान गर्ने गरेका छन । हस्तान्तरण कार्यक्रममा राप्ति समाज दक्षिण कोरियाका सल्लाहकार जीवन खडकाले बिदेसमा बसेर पनि राप्तीवासीले आफ्नो गाँउ समाज नबिर्सिएको उदाहरण यो कार्यक्रम रहेको बताए ।
कमलदह ब्यवस्थापन गरिरहनु भएका स्थानीय अगुवाहरु मनोज शाह, रिषिकेश आचार्य र पुर्व जिसस प्रमुख गजेन्द्र ओली लगायतले यस्ता र अलि बृहत कार्यक्रमको आवश्यकता रहेको बताए ।