एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन रुकुम पश्चिमले मुसिकोट नगरपालिकामा धर्ना दिएको छ । मुसिकोट नगर प्रमुख महेन्द्र केसीले नियतवस त्रिभुवन जनता माध्यमिक विद्यालयका सरकारी शिक्षक कर्मचारीहरूको तलब विगत चार महिनादेखि रोकेको भन्दै संगठनले धर्ना दिएको हो ।
एक विज्ञप्ति जारी गर्दै सङ्गठनले नगर प्रमुख जस्तो पदीय जिम्मेवारीमा रहेर आफ्नो पदीय मर्यादा विपरीतको नाङ्गो, वदनियतपूर्ण तरिकाले शिक्षक कर्मचारीको तलब रोकिदिएको उल्लेख आरोप लगाएको छ ।

नगर प्रमुखको सेटीङमा अमर्यादित रूपमा शिक्षक नियुक्ति गर्दै आएकोमा त्रिजमाविमा प्रतिस्प्रर्धाबाट योग्य शिक्षक छान्नका लागि विव्यस र विद्यालय प्रशासनले पटक पटक शिक्षक नियुक्ति गर्न अनुरोध गर्दा समेत विगत दुई वर्ष देखि रिक्त रहेका उमावि र निमावि तहका शिक्षक कोटामा शिक्षक नियुक्ति नै गर्न नदिई बालबालिकाको योग्य शिक्षकबाट शिक्षा पाउने अधिकारबाट वञ्चित गरेको एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनका अध्यक्ष शेरबहादुर केसी र सचिव चन्द्रबहादुर खड्काले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

साथै आर्थिक अनियमिततामा संलग्न व्यक्तिहरूलाई कारबाही गर्नुपर्नेमा उनिहरूकै नेतृत्वमा विद्यालय बन्द गराउने, शिक्षक माथि हातपात गर्ने जस्ता अराजक र अमर्यादित कार्य पटक पटक भएको समेत संगठनको आरोप छ । सङ्गठनले यस विषमा मङ्गलवार नगरपालिका पुगेर धर्ना दिएर विरोध जनाउनुका साथै नगरपालिकालाई ज्ञापन पत्र समेत बुझाएको छ ।

विस्तृत विज्ञप्तीमा गर्नुहोस ।

 

 

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto