राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी तीन दिन भारी बर्षा हुने अनुमान सहित सतर्क रहन सबैमा अपिल रहेको छ । विहिबार साँझदेखि आईतबार सम्म अतिभारी मनसुनी वर्षा हुने प्रक्षेपण गर्दै रुकुम पश्चिम सहितका ५६ जिल्लामा रात्रीकालीन बस नचलाउन अपिल पनि गरेको छ ।
प्राधिकरणले बिहीबार सूचना जारी गर्दै यो समयमा धान नकाट्न देखि अत्यन्त जरुरी अवस्थामा बाहेक यात्रा नगर्न, बादल गर्जेको र चट्याङ् परिरहेको बेला रुखमुनि, बलेनीमा वा घरबाहिर नबस्न, पूर्वतयारी र प्रतिकार्य गर्ने साझेदार संस्थाहरु जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिसँग समन्वयमा रही ’अलर्ट’ मा रहन पनि अपिल गरेको छ ।
फेसबुक प्रतिक्रियाहरु