रुकुमेली समाज विकास केन्द्र रुकुम पश्चिमको १९ औं वार्षिक साधारण सभा तथा ८ औं अधिबेशन सुरु भएको छ । जिल्ला सदरमुकाम मुसिकोट नगरपालिका १ खलङ्गामा साधारणसभा तथा ८ औं अधिबेशन सुरु भएको हो ।
साधारणसभाको उद्घाटन प्रमुख जिल्ला अधिकारी हरीप्रशाद पन्तले गरेका हुन् । साधरण सभामा रुकुमेली समाज विकास केन्द्रका सचिव केसनकुमार क्षेत्रीयालले आर्थिक बर्ष २०८०/८१ को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका छन् । साधारणसभा तथा अधिबेशनको अहिले बन्दसत्र चलिरहेको छ । बन्दसत्रले नयाँ समिति चयन गर्ने बताइएको छ ।
साधारणसभामा उत्कृष्ट कार्य गर्ने कर्मचारीहरुलाई सम्मान गरिएको केन्द्रका कार्यकारी निर्देशक नरेन्द्र ओलीले जानकारी दिए । मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीको प्रमुख आतिथ्यतामा भएको उद्घाटन सत्रमा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तको विशेष आतिथ्यता सहित जिल्ला स्थित सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधी सहित सरोकारवाला निकायहरुको सहभागीता रहेको थियो ।
रुकुमेली समाज विकास केन्द्रका अध्यक्ष नरबहादुर लम्सालको अध्यक्षतामा भएको कार्यक्रमको संचालन कार्यकारी निर्देशन नरेन्द्र ओलीले गरेका थिए ।